images
images
  • विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

    काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ ।

    रेडक्रसले यस वर्ष अत्यधिक वर्षा हुने मौसम विज्ञहरूको पूर्वानुमानसँगै सबै जिल्लाहरूमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरू खटाइ विपद् पूर्वतयारीका कामहरु अघि बढाएको जनाएको हो ।

    नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न विपद् पूर्वतयारीका कामहरु पनि अघि बढाएको बताए ।

    ‘नेपाल रेडक्रस सोसाइटीले विपद्को क्षेत्रमा नियमित काम गरेको छ । विभिन्न खालका विपद्हरू चाहे भूकम्प होस्, चाहे आगलागी, बाढी पहिरो वा अरु किसिमका विपद्हरूमा हामीले काम गरिरहेका छौँ । पछिल्लो समय मनसुन भित्रिसकेको छ । यो वर्षको मनसुनबारे विभिन्न आँकलनहरु भएका छन् ।’ उनले भने  । 

    रेडक्रसले विपद् पूर्वतयारी स्वरूप रेडक्रसले मनसुन पूर्वतयारी योजना निर्माण गरेको बताए । उनले मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरूको विवरण परिचालनका लागि अद्यावधिक गर्ने काम सम्पन्न भएको जानकारी दिए ।

    उनले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताए । उनले मजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ती जिल्लाहरूमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरू प्रदान गरिसकेको पनि बताए ।

    उनले भने ‘सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको छ । लमजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको छ । नेपाल रेडक्रसले राहत सामग्री र खोज उद्धार गरेको छ । सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरू भएका छन् । नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको छ । हाम्रा सबै स्वयंसेवकहरू तयारी अवस्थामा छन् ।’

    सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरू भइसकेको र नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको बताए । सबै स्वयंसेवकहरू तयारी अवस्थामा रहेको पनि बताए ।

    उनले भने ‘यो वर्षको मनसुनमा पनि यस पटकको मनसुनमा औसत भन्दा बढी वर्षा हुने र त्यसले जनधनको क्षति गर्ने पूर्वानुमान छ । त्यसको पूर्वतयारीमा हामीले मनसुन पूर्वतयारी योजना निर्माण गरेको छ । मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरूको विवरण परिचालनका लागि अद्यावधिक गर्ने काम सम्पन्न भएको छ । ‘

    उनले सबैले मिलेर विपद् प्रतिकार्यमा जुटेमात्रै क्षति न्यूनीकरण गर्न सकिने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै