images
images
  • २८ गते विश्वास मत लिँदै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले असार २८ गते विश्वास मत लिने भएका छन् ।

    नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री अल्पमतमा छन् । समर्थनसंगै एमालेबाट सरकारमा सहभागी भएका ८ जना मन्त्रीले पनि राजीनामा दिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    संसदमा दुई ठुला दल नपाली कांग्रेस र नेकपा एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भइसकेको छ । असार १७ गते दूई दलबिच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको हो ।

    एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइ सकिएकाले एमाले संसद्मा प्रतिपक्षमा रहने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै