images
images
  • यी हुन् सोमबार र बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका २६ निर्णय

    काठमाडौं । सरकारले सोमबार र बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

    सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले असार १७ गते र असार २० गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरेकी हुन् ।

    सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको छ ।

    जापान सरकारबाट मानव संसाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने ३८ करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

    यस्तै मिटर व्याज सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको म्याद असोज १५ गतेसम्म थप गर्ने निर्णय गरिएको छ ।

    मन्त्रीपरिषद् बैठकका २६ निर्णय

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै