images
images
  • यस्तो छ प्रचण्डले प्रधानमन्त्रीका रुपमा संसदमा गरेको अन्तिम सम्बोधन (पुर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पाँचौँ पटक विश्वासको मत मागेका छन् । उनले विश्वासको मत माग्दै सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् ।

    उनले आफूले भ्रष्टाचार गर्नेहरूसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे । उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरू डराएको बताए ।

    बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खलबलिएको बताए । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गरे । उनले जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरूको हातमा जाने जिकिर गरे ।

    उनले कांग्रेस–एमाले ०४६ सालको संविधानमा फर्किन चाहेको आरोप लगाउँदै प्रचण्डले त्यो स्वीकार्य नहुने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै