images
images
  • उपराष्ट्रपति यादव र इजिप्टका राजदूत नोहाबीच शिष्टाचार भेट

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि इजिप्टका महामहिम राजदूत नोहा हाम्दी अहमद एलगेबलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

    उक्त अवसरमा शुभकामना आदानप्रदानपछि नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले भन्नुभयो, ‘सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजिप्टबीचको मित्रता, सद्भाव र समझदारीपूर्ण सुमधुर द्विपक्षीय सम्बन्धप्रति हामी सन्तुष्ट छौं ।’

    उहाँले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रहरुको समूह (नाम) का संस्थापक सदस्य रहेको तथा  संयुक्त राष्ट्र संघ, जी–७७ तथा विश्व व्यापार संगठन लगायतमा सदस्य रही अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा मामिलाहरुमा सहकार्य गर्दै आएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

    ‘विश्वमा अन्याय, सीमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता निरन्तर कायम रहनेमा नेपाल र इजिप्टको समान धारणा रहेकोप्रति म अत्यन्त हर्षित छु’ उहाँले भन्नुभयो, ‘इजिप्ट सरकारले नेपाल सरकारका अधिकारीहरुलाई तालिम तथा नेपाली विद्यार्थीहरुलाई विभिन्न संकायमा छात्रवृत्ति प्रदान गरी अध्ययन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।’

    उपराष्ट्रपति यादवले भेटमा इजिप्टको राष्ट्रिय दिवसको अवसरमा राजदूत नोहा र उहाँ मार्फत इजिप्टका जनतालाई बधाई दिँदै शान्ति र समृद्धिको शुभकामना दिनभयो । उहाँले राजदूत नोहाको कार्यकालमा नेपाल र इजिप्टबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

    महामहिम राजदूत नोहाले नेपालको उन्नति, प्रगति र विकासको प्रशंसा गर्दै इजिप्ट दुई मुलुकको आपसी हित र चासोमा समान धारणाका साथ अघि बढ्न ईच्छुक रहेको बताउनुभयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै