images
images
  • ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

    काठमाडौं– नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्  ।

    उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त  गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२ं) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको बताइएको छ ।

    उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा  प्रधानमन्त्रीको दाबी पेस गरेका थिए ।

    उनको शपथ भोलि ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    ओलीको यो प्रधानमन्त्रीको चौथो कार्यकाल हो ।

     

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै