images
images
  • संसद भवन निर्माणमा आधुनिकता नदेखिएको राष्ट्रिय सभा अध्यक्षको गुनासो

    काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी संघीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताएका छन् ।

    शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतका सम्बन्धित पक्षसँगको छलफलमा उनले २१ औ शताब्दीको सन्देश दिनेगरी सो भवन निर्माण गर्नुपर्ने भएकाले त्यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका हुन् ।

    उनले संसद भवनको निर्माण कार्य आधुनिक नदेखिएको उल्लेख व्यक्त गरे । निर्माण ढिला भएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो । अध्यक्ष दाहालले सो संसद भवनको हलले पनि नयाँ सन्देश दिनुपर्ने भएकाले त्यसमा पनि विचार गर्न सरकारलाई सचेत गराए । उनले संसद भवनमा भोटिङको पनि उचित प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।

    २०७६ साल असोज १६ गते करिब ६ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो भवनको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि आगामी चैत्र १८ गते सम्पन्न गरिसक्ने गरी पुनः समय थप गरिएको छ । थपिएको सो समय भित्र निर्माण कार्य सम्पन्न हुने गरी आफूहरूले ताकेता गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै