काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्त बदर गर्न माग गरिएको मुद्दाको रिट संवैधानिक इजलासमा पठाउन आदेश जारी गरिएको छ ।
ओलीको प्रधानमन्त्री नियुक्ति संविधान बमोजिम नभएको भन्दै नियुक्ति र शपथ बदरको माग गर्दै गत सोमबार सर्वोच्चमा रिट दायर भएको थियो ।
उक्त मुद्दाको रिटमा सुनाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले ओलीविरुद्धको मुद्दा संवैधानिक इजलासमा पठाएको हो ।
अधिवक्ता खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संविधानको धारा ७६९२० अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्