images
images
  • बंगलादेशबाट १२ सय विद्यार्थी नेपाल फर्किए : परराष्ट्र

    काठमाडौँ– बंगलादेशमा बढेको हिंसात्मक प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयले आइतबार मात्रै ४२० जना विद्यार्थी स्वदेश फर्किएको जनाएको छ । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका हुन् ।

    परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।

    बंगलादेशमै रहेका विद्यार्थीहरुलाई निरन्तर ढाकास्थित नेपाली दुताबासको सम्पर्कमा रहन तथा घरभित्र नै रहन मन्त्रालयले अनुरोध गरेको छ ।

    बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै