
काठमाडौं – केपी शर्मा ओली प्रधानमन्त्री नेतृत्वको सरकार बनेयता बसेका तीनवटा मन्त्रिपरिषद्को बैठकका १६ वटा निर्णय सार्वजनिक भएका छन् ।
असार ३१, साउन ३ र साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलेले बिहीबार सार्वजनिक गरेको हो । ओली नेतृत्वको सरकारका तीनवटै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेका थिए ।
बैठकका निर्णयहरूमा कायममुकायम मुख्यसचिवमा लीलादेवी गड्तौलालाई तोक्नेदेखि परराष्ट्र सचिव सेवा लम्सालको चीन भ्रमण स्वीकृत गर्नेसमेत छन् । त्यस्तै प्रधानमन्त्रीका प्रमुख र आर्थिक सल्लाहकार नियुक्ति पनि यिनै तीन बैठकबाट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्