
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्नेगरी मन्त्रीपरिषद्ले गठन गरिएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधवार काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा बोल्दै यस्तो बताएका हुन् ।
उनले सरकारले दुर्घटनाको छानविनको लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरु उठेको उल्लेख गरे । उनले चौतर्फी रुपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रीपरिषद्ले छानविन आयोग बनाएको बताए ।
उनले सरकारले जहाज दुर्घटनाको सत्य तथ्यसहित आएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने संकल्प सहित गठन भएको जानकारी गराए ।
उनले सरकारले अध्ययन समितिहरु बनाउने र समितिहरुले प्रतिवेदनहरु बुझाउने तर प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको दतारुकता नदिएको स्वीकार गरे ।
उनले अब विगतका दुर्घटनाका प्रतिवेदनहरु कार्यान्वयन नआएको आधार मानेर सबै प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुग्ने र घटनाका बारेका छिनोफानो गर्ने तयारमा सरकार रहेको बताए ।
उनले अध्ययनले दिएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गरी प्रभावकारी कार्यान्वयन बाटो तय गरिने बताए । उनले समितिमा पनि त्यो प्रतिवद्धता दोहो-याउने बताए ।
मन्त्री पाण्डेले कोरियाका नेपाली जहाज उडानको लागि नेपालका सम्बन्धित निकायहरुले तदारुकता नदेखाएको बताए ।
उनले कोरियामा नेपाली जहाज उडानको लागि नेपालबाट पहलकदमी नभएको भन्दै कोरियाले नेपालको हवाई सुरक्षा अडिट गर्ने विषयमा दुविधामा रहेको बताए । उनले कोरियामा नेपाली जहाज उडान भर्ने विषयमा चाँडै टुङ्गोमा पु-याउने प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्