images
images
  • कांग्रेस–एमालेलाई झलनाथको चेतावनी– संविधान संशोधन गर्ने सहमती मान्य छैन्

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेबीचको सहमती मान्य नहुने चेतावनी दिएका छन् ।

    पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्मानित नेता खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनैपनि सहमती सैह्य नहुने बताए ।

    उनले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमती भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरुले मेचीदेखि महाकालीबाट संग्राम शुरु गर्ने बताए ।

    खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरुले खेलाँचीको विषय बनाउन नहुने बताए ।

    सम्मानित नेता खनालले सत्तारुढ काँग्रेस–एमालेले हस्ताक्षर सहितको सात बुँदे सहमती प्रश्तुत नगरेर संसदलाई समेत ढाँटेको जिकिर पनि गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै