images
images
  • नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन हो : माओवादी

    काठमाडौं नेकपा  केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन भएको देखिएको भन्दै त्यसको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।

    उनले अहिलेको संविधान मुलुकको विकास र समृद्धिका लागि बाधक नभएकाले देशको दिगो विकासका लागि संविधानलाई नै टेकेर अघि बढ्नुपर्ने धारणा राखे ।

    बिचौलियाहरूको चलखेलमा अनावश्यक संरचनाहरू बनाउने कामले देशको विकास गर्न नसक्ने भन्दै उनले समग्र देशको विकासको मोडलको बारेमा छलफल आवश्यक रहेको उल्लेख गरे ।

    उनले यसअघिको सरकारले अघि सारेका सुशासनका मुद्दाहरूलाई निरन्तरता दिनुपर्ने र भ्रष्टाचार अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै