काठमाण्डौँ । सरकारले २२ जना सचिवको एकसाथ सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
अर्थ सचिवमा राजश्व सचिव डा. राम प्रसाद घिमिरेले जिम्मेवारी पाएका छन्।
अर्थ सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय सरुवा भएका छन् । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेश घिमिरेलाई जिम्मेवारी दिइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।
श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदी आएका छन् ।
प्राप्त विवरण अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा आएका छन् । रक्षा मन्त्रालयका सचिव किरण राज शर्मा वित्त आयोगमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्