काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनभन्दा माथि कोही पनि नभएको बताएका छन्।
दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन हुने बताए ।
उनले भने, ‘अब कोही पनि मान्छे सरकारमा भएको र भीडको कारणले कुनै पनि खालको उन्मुक्ति पाउँदैन । उसकै पार्टीबाट पनि प्रश्न उठ्छ, त्यो संसदमा पनि देख्नुहुन्छ । कुनै छुट हुँदैन । सरकारको परीक्षण पनि यही कुरामा हुन्छ ।’
कांग्रेस महामन्त्री थापाले कांग्रेस, एमाले, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री जोसुकैसँग जोडिएको प्रकरण भए पनि कानून अनुसार छानबिन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्