images
images
  • राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त

    काठमाडौंं– राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् ।

    उनले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा प्रमुख नियुक्त गरेका छन् ।

    राष्ट्रपति कार्यालयका अनुसार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गरिएको छ ।

    कैलालीको धनगढीका देवकोटा नेकपा एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त भएका हुन् । उनी एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य हुन् ।

    रोल्पाका घर्तीमगर र बझाङका जोशी नेपाली कांग्रेसकातर्फबाट प्रदेश प्रमुख बनेका हुन् । घर्तीमगर कांग्रेस रोल्पाका पूर्वसभापति र जोशी कांग्रेस केन्द्रीय सदस्य हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै