images
images
  • आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

    काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले गृहमन्त्रालयले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

    काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा हुनेछ ।

    रातो मच्छिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्‍याइएको छ । आइतबार राष्ट्रपतिले भोटो देखाउने छन् ।

    रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारी पाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ ।

    रातो मच्छिन्द्रनाथको रथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ । ललितपुरका विभिन्न स्थानमा घुमाइने रथ भोटो देखाएपछि बुंमतीतर्फ लगिनेछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै