काठमाडौं । ओली क्याबिनेटमा तीन राज्यमन्त्री थपिएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङ राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, विकलाई वन तथा वाताबरण र तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यससँगै मन्त्रीपरिषद्ले पनि पूर्णता पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्