काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसहित नवनियुक्त मन्त्रीहरुले एकैपटक शपथ लिएका छन्। मुख्यमन्त्री शाहसहित सात मन्त्री र तीन राज्यमन्त्रीले सोमबार एकैसाथ शपथ लिएका हुन्।
मुख्यमन्त्री शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले शपथ गराए। मुख्यमन्त्री शाहको शपथ ग्रहणलगत्तै उनले थप ६ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका छन्।
सत्ता साझेदार दलहरूबीच यसअघि नै मुख्यमन्त्रीसहित आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने, भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालय एमालेले पाउने सहमति भएको थियो।
जसमा कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई जना अन्य मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् भने एमालेबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन्।
मन्त्री बन्नेमा कांग्रेसबाट बहादुर थापा आर्थिक मामिला र मेघराज खड्का सामाजिक विकास मन्त्री बनेका छन्। यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट सामाजिक विकास राज्यमन्त्रीमा सरसस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम रहेका छन्।
यस्तै एमालेबाट भौतिक पूर्वाधार मन्त्रीमा सुरेन्द्र पाल, वीरबहादुर थापा र आन्तरिक मामिला मन्त्रीमा हिरा सार्की तथा र भौतिक पूर्वाधार राजयमन्त्रीमा एमालेबाट निर्मला साउद रहेकी छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी वन तथा वातावरणमन्त्री बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्