काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जुन क्षेत्रमा बेथिति र राजनीतिकरण हुन्छ त्यसलाई तत्काल अन्त्य गर्नु जरुरी रहेको बताएका छन् ।
उनले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) को आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित २७ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बेथिति र राजनीतिकरणले कुनै पनि विकास तथा योजना सफल नहुने भएकाले तत्काल त्यस्ता गतिविधिको अन्त्यको आवश्यकता औँल्याए ।
‘सुशासनका लागि बेथिति र राजनीतिकरणको अन्त्य जरुरी छ, यी तत्वहरू हरेक विकासका बाधक हुन्, यसले मुलुकलाई राम्रो गर्दैन’, उनले भने । उनले राजनीतिक स्थायित्व र विकासका लागि यो सरकार बनेको उल्लेख गर्दै सरकार आगामी चुनावसम्म जाने विश्वास व्यक्त गरे । उनले भने, ‘सरकारले एक सय दिनमा दीर्घकालीन महत्त्वका काम गर्नेछ । छ महिनासम्म सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई रफ्तारमा लागि सक्ने छ ।’
उनले वर्षौँसम्म राष्ट्रिय सहमति नभएको शान्ति प्रक्रियाको बाँकी काम बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक) निर्माण सहमति यो सरकारको पहिलो र ठूलो उपलब्धि मानिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्