images
images
  • यस्ता छन् स्वास्थ्य मन्त्री प्रदीप पौडेलका कार्ययोजना र प्राथमिकता [पूर्णपाठ]

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री प्रदीप पौडेलले  कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गरेका छन्।

    पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन्।

    कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै सुझाव संकलन गरेका थिए। उनले पूर्व स्वास्थ्यमन्त्रीहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशकहरु, पूर्व महाशाखा प्रमुखहरु, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरुका प्रतिनिधहरु, बहालवाला कर्मचारीहरु, अस्पताल निर्देशकहरु, सञ्चारकर्मीहरु, निजी क्षेत्र तथा विकास साझेदार सहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धानदाताहरुसँग छलफल गर्दै सुझाव लिएका थिए।

    यसका साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए। यसरी संकलन गरेका सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषयहरु तथा कार्ययोजना तयार पारेका हुन्।

    आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन्। आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निस्शुल्क उपचारका सबै कार्यक्रमलाई  एकीकृत गरेर बीमामा जोड्ने मन्त्री पौडेलको योजना छ।

    पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन्। उनले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताए।

    पौडेलले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने बताएका छन्।

    राष्ट्रिय गुणस्तर मापदण्ड लागू गरी औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गर्दै उपचार तथा निदानमा प्रयोग हुने सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरुको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने बताए। साथै उनले औषधिको मूल्य समायोजन गरिने समेत बताए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै