images
images
  • १४ जना उपसचिवहरूको सरुवा, को कहाँ ?

    संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिवहरूको सरुवा गरेको छ।

    सरुवासँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा भएका छन् ।

    राष्ट्रिय महिला आयोगका माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा, ऊर्जा मन्त्रालयका उपसचिव हेमराज भुसाललाई राष्ट्रिय महिला आयोगमा, महिला, बालबालिका मन्त्रालयकी उपसचिव नीता शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

    वन तथा वातावरण मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काजमा रहेका रत्नेश शशिलाई महिला बालबालिका मन्त्रीको सचिवालयमा सरुवा, उपसचिव रविन ढकाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा र संघीय मामिलाको अतिरिक्तमै रहेका रामहरी पाण्डे राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।

    फणिन्द्रप्रसाद पौडेलको रक्षा मन्त्रालयबाट गृह मनत्रालयमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर मुख्यमन्त्री तथा मनित्रपरिषदको कार्यालय गण्डकीमा कामकाजमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत कार्यरत ईश्वरीराज ढकालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।

    उपसचिव सुरेशराज जोशी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गृह मन्त्रालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्णप्रसाद चापागाईं गृह मन्त्रालयमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छविलाल पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै