काभ्रेपलाञ्चोक– सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चारघण्टापछि खुलेको छ ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान छ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए। सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारिसाधन रोकिएका थिए ।
साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो । उक्त राजमार्गको जिरोकिलो दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्