काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोपको खण्डन गर्नुपर्ने माग गरेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल समेत सहभागीता रहेको शनिवार पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको सोही कार्यक्रममा बोल्दै शर्माले पार्टी विभाजनको आरोप, पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गरेका छन् ।
उनले भने ‘मैले धेरै आक्रमणहरूको प्रतिवाद गरेको छु । तर साबित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु अहिले पनि कसैले साबित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रुपमा लाइदिने आरोपको त म के गर्न सक्छु र । गरेको हो ।’
उनले अध्यक्ष दाहाललाई तपाईँको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।
उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रुपमा विभिन्न आरोप लाग्ने गरे पनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्