images
images
  • टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी, सञ्चारमन्त्री छलफलमा

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

    टिकटक फुकुवाको लागि सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ आन्तरिक छलफलमा जुटेका छन् ।

    उनले फुकुवाको प्रस्ताव मन्त्रीपरिषद्मा लैजानका लागि विज्ञसँग छलफल गरिरहेको स्रोतले जानकारी दियो ।

    टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवा गर्न लागिएको हो । टिकटकले नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ ।

    यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटक बन्द गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै