images
images
  • वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार हो : अध्यक्ष दाहाल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताएका छन् ।

    शनिवार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको बताएका हुन् ।

    उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालीन सरकार ढालेर वर्तमान सरकार बनाइएको बताए । यो सरकार दलाल, पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरु, जाली, फटाहाहरूको प्रतिनिधिको रुपमा रहेकोले भ्रष्टाचारीहरूको रक्षाको निम्ति यो सरकार बनेको उनले जिकिर गरे ।

    उनले भने – ‘यो देशका दलाल, पुँजीपतिहरू, बिचौलियाहरू, कमिशनखोरहरु, जाली, फटाहाहरूले तिनीहरूलाई आफ्नो प्रतिनिधिको रुपमा सिङ्गारपट्टार गरेर यो सरकार बनाइएको हो । त्यसकारण यो भ्रष्टाचारीहरूकै सरकार हो । यो भ्रष्टाचारीहरूकै रक्षाको निम्ति बनाइएकै सरकार हो । भ्रष्टाचारीहरूमा पैदा भएको डरका कारणले यो सरकार बन्यो । त्यसकारण यो सरकार भ्रष्ट, डर छेरुवाहरूकै सरकार हो । यो भन्न केही डराउनुपर्ने आवश्यकता छैन ।’

    अध्यक्ष दाहालले आफूहरूले संविधान संशोधन गरेर नेपाललाई पछाडि फर्काउन नदिने बताए । उनले आफूहरू जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी गरे ।

    उनले जनताको घर–आँगनमा गए २०६४ सालको जस्तै मत ल्याउन सकिने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै