images
images
  • वर्तमान सरकार लुटेराहरुको सरकार हो : प्रभु साह

    काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बर्तमान सरकार लुटेराहरुको सरकार भएको आरोप लगाएका छन् ।

    काठमाडौंमा मंगलवारदेखि शुरु भएको पार्टीको केन्द्रिय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने बताए ।

    प्रमुख पार्टीका शिर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाए । अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्न नसकेको गुनासो गरे ।

    राज्यको मातहत रहेका संस्थाहरुलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाए । जनतालाई करको बोझ बोकाएर सत्तामा बसेर लुट मच्चाईरहेको बताए ।

    उनले भने ‘देश असफलताको तदारमा छ । बर्बाद हुँदैछ । जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ । दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले मेरो विचारमा लाज पनि लजाएको छ । विश्वासमाथि पनि विश्वास छैन । जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईंहरुबाट ? यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ ।’

    वर्तमान सरकार र दलहरुले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनाअन्दोलनको आवश्यकता रहेको बताए ।

    आम जनता पार्टीको केन्द्रिय समितिको बैठक मंगलवार र बुधवार चल्ने कार्यतालिका रहेको बताइएको छ । बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै