काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएका छन् ।
वरिष्ठ उपाध्यक्षमा अब पाण्डेको मात्रै उम्मेदवारी छ । यससँगै पाण्डे निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने निकालिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्