images
images
  • रास्वपाबाट निष्कासन गर्ने अधिकार रवि लामिछाने क्लबलाई छैन : मुकुल ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

    पार्टीले निष्कासन गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । उनले रास्वपाबाट निष्कासित गर्ने अधिकार रवि क्लबलाई नभएको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन ।’

    उनले न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गर्ने अपेक्षा गरेका छन् । कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने उनले बताएका छन् ।

    ‘न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ,’उनले लेखेका छन्,‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै