काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भएको बताएका हुन्।
उनले भने , ‘जनताभन्दा स्वार्थी समूह अझै माफियाहरुको सेवा अग्रसर छ। त्यसैले अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले म बोल्दैछु।’
उनले प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिनसक्ने चेतावनी दिए। सरकारको जगमा विश्वास नभई डरले बनेको प्रचण्डले दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्