काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (माओवादी) ले एमालेका सांसद योगश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
भट्टराईले प्रतिनिधिससभाको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएको भन्दै नेकपाले गृह जिल्लामा प्रतिबन्धका सार्थ जनकारबाही गर्ने चेतावनी समेत दिएको हो ।
पार्टी सचिव गौरवले एक विज्ञप्ती जारी गर्दै भट्टराईले उक्त अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ ।‘उक्त टिप्पणीप्रति भट्टराईले सार्वजनिक रुपमा माफी नमागे हाम्रो पार्टीले जहाँ जुनसुकै अवस्थामा पनि जनकारबाही गर्नेछ । उनको निर्वाचन क्षेत्र गृहजिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाउने जानकारी गराउँछौं ।’
सत्ताको उन्मादमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्ने जो–कोहीलाई पनि कारबाही गर्ने पार्टीले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्