images
images
  • प्रधानमन्त्रीले जनयुद्धलाई हिंसा भन्नु संविधान र १२ बुँदे समझदारीविपरीत : माओवादी

    काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधानविपरीत भएको बताएका छन्।

    पार्टी अनुशासन, निर्वाचन र लेखा आयोगको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले बृहत् शान्ति सम्झौताविपरीत बोलेको बताए।

    उनले भने, ‘उहाँ देशको प्रधानमन्त्री हो। एउटा पार्टीको अध्यक्ष पनि हो। त्यो कुरा बोल्नु सरासर संविधानविपरीत छ, सहमतिविपरीत छ। संविधानमा सशस्त्र संघर्ष भनिएको छ। बृहत् शान्ति सम्झौतामा पनि सशस्त्र संघर्ष भनिएको छ। उहाँले १२ बुँदे समझदारीको विरुद्धमा बोल्नुभएको छ। बृहत् शान्ति सम्झौताको पनि विरुद्धमा बोल्नुभएको छ।’

    नेकपा हुँदा ओलीले जनयुद्धलाई स्वीकारेको भए पनि अहिले आफैं सहमत भएको कुरामा फेरि बदनियतपूर्ण र अनैतिक ढंगले टिप्पणी गरेको उपाध्यक्ष सापकोटो भनाइ छ।

    उनले थपे, ‘संविधान र हिजोको सहमतिविपरीत छ। हाम्रो पार्टीका सांसदहरुले सदनमा प्रतिरोध गरिराख्नु भएको छ। जनयुद्धविना गणतन्त्र असम्भव थियो। त्यहीले उहाँ तीन पटक प्रधानमन्त्री हुनुभएको छ। उहाँहरु पछाडि फर्किन चाहनुहुन्छ। यो संविधान उल्ट्याउन चाहनुभएको छ। पहिला पनि दुई पटक संसद विघटन गर्नुभएको थियो, हामीले असफल बनाएर संसद र लोकतन्त्रको रक्षा गरेका हौं।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै