images
images
  • पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामा

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएका छन् । उनले सोमबार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट समक्ष राजीनामा दिएका हुन् ।

    दुई पटक तोकिएको समयमा निर्वाचन हुन नसकेर तेस्रो पटक मिति तोकिएपनि सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु,सिंगो बैठकले सदस्यताको सुचिप्रति अपनत्व जनाउन आनाकानी गर्नु तथा  आगामी निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने नदेखिएकाले उनले पदबाट राजीनामा दिएका हुन् ।

    यी सबै कारणहरुले गर्दा निर्वाचन गराउन समर्थ नरहेको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख  छ । उनले सबै कमीकमजोरीको नैतिक जिम्मेवारी समेत लिएका छन् ।

    ‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट म मा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन’,उनले बरिष्ठ उपाध्यक्ष विष्ट समक्ष बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

    ‘मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन । तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागुहुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु’,उनको राजीनामापत्रमा भनिएको छ ।

    महासंघका अध्यक्षले राजीनामा दिएपछि पछिल्लो पटक असोज ५ गतेका लागि तोकिएको निर्वाचन हुने/नहुने अन्यौल भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै