images
images
  • सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति गठन

    काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति कार्यदल गठन भएको छ।

    गठबन्धनको शीर्ष नेताहरूको बैठकले सरकार गठन भएको दुई महिनापछि साझा कार्यक्रमलाई टुंग्याउन चार सदस्यीय कार्यदल बनाएको हो।

    कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन् भने एमालेको तर्फबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

    न्यूनतम साझा कार्यक्रमको बारेमा छलफलका लागि आज ४ बजे गठबन्धनको बैठक बस्दैछ।

    असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्। यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरे पनि सरकारमा गएका छैनन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै