काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् ।
मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् ।
उनले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकुलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताए । उनले उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभइ संसदमा उठेको विषय भएको बताए । उनले उपसभामुखले संसदसँग असम्बन्धित व्यक्तिहरुलाई भिसाका लागि अमेरिकी दुतावासमा पत्र लेख्नुले संसदको मर्यादामाथि हुर्मत लिएको बताए ।
उनले भने,‘उपसभामुखसँग जोडिएको घटना संसदको विषय हो । संसदमा उठेका विषय हुन् । सरकारले बनाएको । सरकारद्वार सिर्जित समस्या, विषय होइन । उहाँले गर्नु भएको काम पदीय जिम्मेवारी अनुकुल होइन । त्यो कुरा बेठिक हो । बेठिक हो भन्ने कुरा संसदमा उठ्यो । एम्बेसीसँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसदको पदाधिकारीको हैसियत के हो भन्नेकुरा जसरी उजागर भएको छ, संसदको मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो । मार्ग प्रशस्त गर्ने कुरा उहाँ स्वयम्को कुरा हो । हामीले कुनै बलजफ्ती गरेका छैनौँ ।’
प्रतिपक्ष दलहरुले उपसभामुखको विषयमा संसदमा बोलेर परिस्थिति भड्काउने काम गरेको सांसद बर्तौलाले आरोप लगाए । प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्