विवश गौतम, विराटनगर । दोस्रो प्रदेश स्तरीय अन्तर इसाई फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ् इसाई समाज, पाँचथरले हात पारेको छ ।
दमक नगर इसाई समाजले शुक्रवार आयोजना गरको फुटसल प्रतियोगितामा मिक्लाजुङ इसाई समाज, पाँचथर र धरान इसाई समाजबीच फाइनलमा कडा प्रतिस्पर्धा हुँदा दुवै समूहले गोल बाराबरीमा गरे पश्चात पेनाल्टी मार्फत पाँचथर विजेता हुन सफल भएको हो। विजयी मिक्लाजुङ समाजले नगद रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मित्रता, सम्बन्ध र सङ्गति मुख्य नारा लिएर गत वर्षबाट शुरु गरिएको उक्त मैत्रीपूर्ण खेल दमक ५ स्थित गोर्खाली टोलमा रहेको बिस्ट फुटसल खेलमैदानमा सम्पन्न भएको थियो ।
कोशी प्रदेशभरबाट १२ वटा समाजका समूहबीच कडा प्रतिस्पर्धा भएको सो प्रतियोगितामा मिक्लाजुङ् इसाई समाज, मोरङ्ग र उर्लाबारी इसाई एकता समाज, मिक्लाजुङ् इसाई समाज, पाँचथर र बिर्तामोड इसाई समाज, चुलाचुली इसाई समाज र बिसिएस बेलडाँगी, दोमुखा इसाई समाज र बेलबारी इसाई समाज, आयोजक ए र आयोजक बी, धरान ख्रीष्टिय समाज, बिर्तामोड इसाई समाज र बिसिएफ बेलडाँगीको सहभागीता रहेको थियो ।
दमक नगर इसाई समाजको खेलकुद विभाग प्रमुख शिखर राईको संयोजकत्वमा समाजका अध्यक्ष हेमन्त सुब्बा अध्यक्षतामा शुरु भएको कार्यक्रमको उद्घाटन दमक नगरपालिकाका मेयर राम कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा दमक वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर गुरुङ, अतिथिहरूमा समाजका सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष पास्टर आकाश थुलुङ, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, समाजका, प्रदेशमा रहेका विभिन्न इलाका इसाई समाजका अध्यक्ष तथा समाजका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, साथै खेलकुदप्रेमीहरुको उपस्थिति रहेको थियो ।
समापनको क्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ५ प्रदेश (ख) का सांसद होम बहादुर थापाको बाहुलीबाट विजेता मिक्लाजुङ समाजलाई नगद रु. ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस पटक पनि दोस्रो भएको धरान ख्रीष्टिय समाजलाई झापा क्षेत्र नं.१ प्रदेश (क) सांसद चिन्तन पाठककोे बाहुलीबाट नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सर्वाधिक गोलकर्ता सनिल राई, उत्कृष्ट गोल रक्षक सुजन बर्देबा र उत्कृष्ट खेलाडी सुमन राईलाई पनि ट्रफी प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा मुख्य प्रायोजक “टाइटल स्पोन्सर” मा इम्मानुएल सुहाङले कोरियाबाट र सह–प्रायोजक सेलिना हार्डवेयर “युरो पेन्टस्” दमक साथै सेकेन्ड टाइटलका लागि स्पोन्सर याकपाङदेन लिम्बुले कोरियाबाट सहयोग गरेको जानकारी खेलकुद विभागका सदस्य सुरज लिम्बुले दिएका थिए ।
मिडिया पार्टनरका रुपमा दमक टाउन सो प्रतियोगितामा समापन हुनु अघि दमक इसाई समाजका पास्टर तथा अगुवाहरू र सञ्चारकर्मीहरूबीच मैत्रीपूर्ण खेलको प्रस्तुति पनि रहेको थियो ।
वि.सं. २०५३ मा स्थापना भई २०७८ विधिवत रुपमा दर्ता भएको सो दमक नगर इसाई समाजले समुदायमा शिक्षा, स्वास्थ्य तथा विभिन्न प्रकारका सामाजिक कार्यहरू गरी जनसमुदायमा ठूलो योगदान पु-याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्