काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको वा हटाउन खोजिएको कुरामा सत्यता नभएको जिकिर गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूले उपसभामुख रानाको राजीनामा नमागेको बताएका छन् ।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपसभामुखविरुद्ध रास्वपा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले फायर खोलेको बताएका हुन् ।
‘सत्तारुढ घटकको बैठकमा यो कुरा उठेको हो । उपसभामुख भनेको एउटा संस्था हो । यो विषय धेरै बाहिर ल्याउन हामीले उपयुक्त ठानेनौं । एकाएक रास्वपाकै प्रमुख सचेतकबाट फायर खोल्ने काम भयो ।
उनले भने, ‘विशेष गरी माओवादी केन्द्रका प्रमुख सचेतकसहितबाट यो कुरा उठेपछि हाम्रो तर्फबाट प्रतिवाद गर्ने काम भयो । यो विषय सत्तापक्षले ल्याएको होइन ।’
सत्तारुढ दलबीचमा उपसभामुख रानाबारे कुनै निर्णय नभएको उनले बताए । यो विषय प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र रास्वपा स्वयंले उठाएको बर्तौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्