images
images
  • धनराजविरुद्ध कानुनी कारबाही बढाउन समितिको निर्देशन

    काठमाडौं– सहकारी संस्थाको छनबिन गर्न बनेको संसदीय छनबिन विशेष समितिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई सहकारी ठगीमा अनुसन्धान गर्न निर्देशन दिएको छ ।

    ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेर पनि एकसाथ बस्ने गरेको देखिएकाले अनुसन्धान अघि बढाउन समितिले भनेको हो ।

    ‘सहकारीकै कारण कतिपय सदस्यले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन् । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध विच्छेद गरेर एकसाथमै बस्ने गरेको चर्चा छ । सहकारी संस्थाका तर्फबाट ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकोमा समितिले त्यस सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’p

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै