images
images
  • कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष दाहाल

    काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन् ।

    सोमवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि दुई ठूला दल कांग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरे ।

    कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि अध्यक्ष दाहालले बताए ।

    अध्यक्ष दाहालले कांग्रेस–एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको उल्लेख गर्दै मुलुकको परिस्थिति जटिल अवस्थामा रहेकाले त्यसमा ठूला दलहरु गम्भिर बन्नुपर्ने बताए ।

    अध्यक्ष दाहालले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै