images
images
  • इरानको मिसाइल आक्रमणपछि इजरायलको पक्षमा बोल्यो अमेरिका

    न्युयोर्क – इरानको मिसाइल आक्रमपछि अमेरिका इजरायलको पक्षमा बोलेको छ।

    मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बैठक भएको थियो। उनीहरूले इजरायललाई सहयोग गर्न तयार रहेको जनाएका हुन्।

    मंगलबार नै ह्यारिसले प्रतिक्रिया व्यक्त गर्दै इरानी आक्रमणको निन्दा गरेकी छन्। इजरायलमा धेरै अमेरिकीको बसोबास छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायलसँगको सहकार्य गर्ने जनाइ सकेका छन्।

    अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेभानले अमेरिका इजरायल डिफेन्स फोर्सले इरानी आक्रमण विफल पार्न संयुक्त प्रयास गर्ने जनाएका छन्।

    इरानले आफैले बनाएको हाइपर सोनिक मिसाइल प्रयोग गरेको छ। यसअघि अप्रिल महिनामा पनि इरानले आक्रमण गरेको थियो। यस पटकको आक्रमण ठुलो रुपमा अगाडि बढेको छ।

    पछिल्लो साता इजरायलले लेबनानमा लगातार आक्रमण गरेको थियो। साथै अमेरिकाले गरेको युद्ध विरामको प्रस्तावलाई पनि इजरायलले बेवास्ता गरेको थियो।

    अमेरिकाले इजरायलमा रहेको आफ्ना नागरिकलाई खराब अवस्था भएका कारण सतर्क रहन भनिसकेको छ।

    इरानले मध्यपूर्वमा मिसाइल आक्रमण गरेपछि यसले विश्व राजनीतिलाई अर्को मोड दिएको छ। फ्रान्स, जर्मनी, बेलायत र युरोपेली युनियनले पनि इरानले गरेको मिसाइल आक्रमणको निन्दा गरेका छन्। आक्रमणपछि बेन्जामिन नेतान्याहुले यस घटनाको नराम्रो फल इरानले पाउने भन्दै चेतावनी दिइसकेका छन्।

    इरानले यसरी मिसाइल आक्रमण गर्नुका बाबजुद इजरायलले हिजबुल्लाहलाई निसाना बनाउँदै दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा ५५ जना मारिएका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै