images
images
  • सरकारले सहकारी छानविन समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गरोस् : सभामुख

    काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

    बुधवार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अविलम्व कार्यान्वयन गर्नुपर्ने बताए ।

    उनले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरुलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताए ।

    उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलिय दृष्टिकोण भन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रस्तुत गरेको पनि बताए । उनले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्नेमा जोड दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै