images
images
  • बीपी राजमार्गसहित यी सडकखण्ड अझै अवरुद्ध (सूचीसहित)

    काठमाडौं– असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट अवरुद्ध सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा ठप्प रहेका छन् ।

    नेपाल प्रहरीले आज बिहान सडक तथा राजमार्गहरुको अवस्थाबारे जानकारी दिँदै काठमाडौँ उपत्यकासहितका साना सडकदेखि कतिपय राजमार्ग समेतमा अझै सवारी सञ्चालन हुन नसकेको उल्लेख गरेको छ ।

    प्रहरीका अनुसार पहिरोका कारण काठमाडौं उपत्यकाअन्तर्गत दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रुपमा अवरुद्ध छ भने ललितपुरको गोदवारी नगरपालिका–६ स्थित लेले टिकाभैरव जाने सडक एकतर्फी सञ्चालनमा आएको छ ।

    यस्तै, मकवानपुर–कुलेखानी–मार्खु सडक, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक, सिस्नेरी–दक्षिणकाली सडकखण्ड तथा कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध छन् । यसैगरी, बीपी राजमार्ग अन्तर्गत भकुण्डेदेखि खुर्कोटसम्मको खण्ड ठप्प रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै