images
images
  • बाढीपहिरो अपडेट : अहिलेसम्म २३३ जनाको मृत्यु, २२ बेपत्ता

    काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । विपदमा परेर अहिलेसम्म २२ जना बेपत्ता छन् भने १६९ जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

    सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मत–सम्हार गरी यातायात सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

    उद्धार, सडक पुनर्निर्माण तथा ट्रयाक खोल्नेका काममा सुरक्षाकमी अहोरात्र खटिरहेको तिवारीले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै