
काठमाडौं । गत असोज ११ र १२ गते भीषण वर्षासंगै आएको बाढी पहिरोका कारण देशभरका विभिन्न सडकहरु अझैं अवरुद्ध छन् । देशभरका विभिन्न १७ मुख्य राजमार्गहरु अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।
बिहीबार साँझ ५ बजेसम्म ९ जिल्लाका १७ सडकहरु अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौंको दक्षिणकाली ८ स्थित सिस्नेरी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ स्थित कुलेखानी मार्कु सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
काठमाडौं सहित ललितपुर, तेह्रथुम, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, धादिङ जिल्लाका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् ।अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
हेर्नुहोस् मुख्य राजमार्ग अवरोधको सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्