images
images
  • नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    काठमाडौं- आइतबार मात्रै प्रधानन्यायाधीशमा नियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

    आइतबार मात्रै राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

    यसअघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

    संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै