काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा २५ वटा दल सहभागि हुने भएका छन् ।
निर्वाचन आयोगमा स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका हुन् ।
निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मको समय दिएर दल दर्ता गर्न आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए ।
ती मध्ये कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन हुँदैछ ।
दर्ता गरिएका दलहरुको नामावली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्