काठमाडौं । गत असोज ११ र १२ गते वर्षासंगै आएको बाढी पहिरोमा परी काठमाडौं उपत्यकामा मात्रै ७० जनाको मृत्यु भएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा बाढी पहिरोमा परेर ७० जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बिनोद घिमिरेले बताए ।
ललितपुरमा सबैभन्दा बढी ४६ जननाको मृत्यु भएको प्रवक्ता घिमिरेले बताए । यस्तै काठमाडौंमा १९ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । यसैगरी उपत्यका ३ जना घाइते र ५ जना बेपत्ता रहेका छन् । त्यसैगरी २ हजार १ सय ५८ जनाको उद्धार गरिएको छ ।
यसैगरी बाढी पहिरो तथा डुबानमा परेर देशभर २ सय ४६ जनाको मृत्यु भएको छ । १ सय ७८ घाइते तथा १८ बेपत्ता हुँदा १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । मृत्यु भएका मध्ये ३५ बालक र २३ बालिका रहेका छन् ।
सबैभन्दा बढी मानवीय क्षति बागमती प्रदेशमा भएको छ । बागमतीमा १ सय ४५ जनाको मृत्यु भएको छ । १ सय १५ घाइते तथा ७ बेपत्ता हुँदा १३ हजार ६ सय ९४ जनाको उद्धार गरिएको छ ।
कोशी प्रदेशमा २० जनाको मृत्यु भएको छ भने १४ जना घाइते तथा ४ जना बेपत्ता भएका छन् भने २ सय ९० जनाको उद्धार गरिएको छ । मधेश प्रदेशमा ९ जनाको मृत्यु भएको छ । ९ जना घाइते हुँदा ३५ जनाको उद्धार गरिएको छ ।
लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु हुँदा २ जना घाइते छन् । गण्डकी प्रदेशमा ९ सय ९७ जनाको उद्धार गरिएको छ । यहाँ मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्