
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. १ कुनेगाउँका बाढी प्रभावितलाई बुधवार नगद र खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
असोज ११ र १२ गते गएको अविरल वर्षासंगै आएको बाढीबाट प्रभावित १४ घरपरिवारलाई आफ्नो एफएमको संयोजनमा र प्रशंसा सामाजिक सेवा र चेन्ज फर होप नेपालको सहयोगमा खाद्यन्न राहत सामाग्री वितरण गरिएको हो ।
चाडपर्वको बेलामा बाढी र पहिरोबाट घरबारविहीन भएका बाढी प्रभावितहरुलाई राहत वितरण गर्नमा पत्रकारद्धय चित्र कुमार मिजार र निरोज तोलाङेको पहलमा सम्भव भएको हो ।
पहिरो प्रभावित प्रति परिवारलाई ५ हजार बराबरको खाद्यन्न सामाग्री प्रदान गरिएको र परिवार गुमाएका २ परिवारलाई भने प्रति परिवार नगद रु. ४/४ हजार समेत प्रदान गरिएको आफनो एफ एमका संयोजक विजय कुमार मानन्धरले जानकारी दिए ।
पहिरोले जुगल गाउँपालिका कुने गाउँको ३ घर पुर्ण रुपमा पुरीएको थियो । पहिरोले पुरीएर ४ जनाको मृत्यु भएको र पुरीएका मध्ये २ जना अझै बेपत्ता भएको जनाइएको छ भने १० घर परिवार विस्थापित भएका छन् ।
पहिरो प्रभावितहरुको थोरै भए पनि घाउमा मलमपट्टी लगाउन र यो प्राकृतिक विपत्तिले निम्त्याको दुःखमा खुशी बाडँन पाउँदा आफूहरु निकै आनन्दित भएको चेन्ज फर होप नेपालका कार्यकारी निर्देशक सन्दिप खड्काले बताउनुभयो ।
बाढी प्रभावित प्रति परिवारलाई वडा नं. १ की महिला वडा सदस्यको रोहवरमा चामल, दाल, चिनी, नुन, चियापती, मरमसला, साबुन लगाएतका दैनिक प्रयोगमा आउने खाद्य र गैरखाद्य सामग्री दिइएको छ ।
स्थानीय अगुवा तथा पहिरो प्रभावित चन्द्र विशुन्केले पिडामा रहेको बाढी पिडितहरुलाई नगद तथा खाद्यान्न सहयोग गरेकोमा सहयोगी संस्था लगायत सबैलाई धन्यबाद दिनुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्