काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक स्थायित्वको अभावमा मुलुक निर्माण हुन नसकेको बताएका छन् ।
नेपालले सोचेजस्तो प्रगति गर्न नसक्नुका राजनीतिक अस्थिरता हो भनेर हिच्किच्याउन नहुने अध्यक्ष दाहालको दाबी थियो । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धनी पुँजीपतिहरूलाई उही मान्छे भनेर नठान्दासम्म मुलुकले आर्थिक विकास गर्न नसक्ने अनुभूति पनि सुनाए ।
राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले व्यवसायीहरू, धनी पुँजीपतिहरू हुन् भन्ने ठान्दासम्म मुलुकको विकास हुन नसक्ने बताए । उनले निजी क्षेत्र र सरकार एकै ठाउँमा उभिन वातावरण नबन्दासम्म मुलुकको अर्थतन्त्रले लय पक्रन सक्ने अवस्था नरहेको पनि बताए ।
अध्यक्ष दाहालले भने ‘पोलिटिकल लिडरसिप र व्यूरोक्रेटिक लिडरसिपको माईनसेट नबदलिँदासमेत विसनेट कम्युनिटीमा पनि कहीँ न कहीँ कानुन तोडनेतिर, राज्यका नीतिनियमहरु फलो गर्योभने त्यो साध्यै छैन भनेर त्यसलाई उलङ्घन गर्नेतिर उद्यत हुने प्रवृत्ति विगतमा देखा नपरेको होइन । त्यसकारण यहाँ हामीले मुख्यतः हाम्रो माईनसेट बदल्ने, कल्चरल्ली हामीले आफूलाई एउटा नयाँ ठाउँमा उभ्याउनुपर्ने आवश्यकता छ ।’
अध्यक्ष दाहालले उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मद्दत गर्ने नीतिलाई सही नीतिको रुपमा ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्