काठमाडौं– व्यवसायी मिनबहादुर श्रेष्ठले सत्तारुढ दल एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठले यसका लागि अनुमति दिएका छन्।
जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै अधिवक्ता डा ज्ञानबहादुर बस्नेतसमेतले लगेको रिटलाई सुरुमा अदालत प्रशासनले अस्वीकार गरेको थियो। अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट दर्ता गर्न नमिलेको प्रशासनको भनाइ थियो।
सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न लगिएको रिट कात्तिक ५ गते दरपीठ हुने आदेश गरेका थिए। तर दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च प्रशासनले गरेको निर्णय बदर हुने आदेश गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्